काठमाडौं, ३१ भाद्र । काठमाडौं पानीपोखरी स्थित केन्द्रीय कार्यालय रहेको आइएमई लिमिटेड र चुनदेवीमार्ग गणेश वस्ती महाराजगंज काठमाडौंमा अवस्थित बोता मःमवीच सम्झौता भएको छ । सम्झौता अनुसार आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूले बोता मःममा १५ प्रतिशत विशेष छुट पाउने छन् ।
बोता मःमका काठमाडौंमा चार (४), ललितपुरमा एक (१) र भक्तपुरमाआउँदै गरेकोएक (१) सहित कुल छ (६) आउटलेट रहेको बोता मःमका सबै आउटलेटमा यो सुविधा प्राप्त हुनेछ । यो सुविधा लिनका लागि आइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड आउटलेटमा देखाउनु पर्नेछ । सम्झौता पत्रमा आइएमई लिमिटेडका तर्फबाट ब्यापार प्रवद्र्धन अधिकृत अविनाश श्रेष्ठ र बोतामःमको तर्फबाट अपरेशन इन्चार्ज बिजीन प्रधानले हस्ताक्षर गरेका छन् । यो सम्झौता यहि मिति २०७५ असोज १ गतेदेखि दुई वर्षसम्मका लागि लागू हुनेछ ।
आइएमईसँग आवद्ध सेवाग्राहीहरूलाई विभिन्न सेवामा सहुलियतपूर्ण सुविधा प्रदान गर्न सकियोस् भन्ने उद्देश्यका साथ यस्ता कार्यक्रमहरू संचालन गर्दै आइएको आइएमई ग्रुपका प्रमुख जनसम्पर्क व्यवस्थापक राजु पौडेलले बताए ।
स्थापना कालदेखि नैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १८औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १ सय ७४ आइएमई सेन्टरसहित ७७ जिल्लाका ८ हजार १ सय भन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दःुख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्