निर्मलाका हत्यारालाई कारवाहीको माग गर्दै काठमाडौंमा विशाल प्रर्दशन, पीडितले न्याय पाउनेमा विश्वस्त नहुनुका यस्ता छन् कारणः

जागरण न्युज
काठमाडौं, ३० भाद्र । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई कारवाहीको माग गर्दै न्याय माग्न काठमाडौं आइपुगेका बाबुमासहित विभिन्न अधिकारकर्मिहरुले शनिबार काठमाडौंमा विशाल प्रदर्शन गरेका छन् ।
‘निर्मलाका निम्ति न्याय’ नाम दिइएको प्रदर्शन माइतीघर मण्डलाबाट सुरु भएको थियो ।
प्रदर्शनकारीले निर्मलाका निम्ति न्याय, निर्दोषलाई यातना, दोषीलाई उन्मुक्ति ? लगायतका नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।
जिल्लामा रहँदा आफ्नो आवाज कसैले नसुनेपछि न्यायको गुहार माग्न राजधानी आउनु परेको पन्तका बुबा यज्ञराज र दुर्गादेवीको बताएका छन् ।
न्याय माग्दै राष्ट्रपतिदेखि सिंहदरबारसम्म ढोका ढकढकाउन पुगेका छन । तर पनि अmझै न्याय पाउनेमा निश्चिन्त छैनन उनीहरु ।
न्याय पानेमा यसकारण निश्चिन्त छैनन् पीडितहरु
कारण नं. १
प्रमाण नपुगेको भन्दै घटनामा प्रहरीले मुख्य अभियुक्तका रुपमा सार्वजनिक गरेका दिलिपसिंह विष्ट साधारण तारेखमा छुटिसकेका छन् भने निर्मला अन्तिमपटक पुगेको घरबाट समातिएका बम दिदीबहिनी रोशनी र बबिता पनि छुटेका छन् ।
विष्टको डीएनए निर्मलाको ‘भेजिनल स्वाव’बाट निकालिएको बलात्कारीको शुक्रकीटसँग मेल नखाएपछि उनी छुटेका हुन् ।
विष्टलाई सार्वजनिक गर्नेवित्तिकै स्थानीयले उनी मुख्य अभियुक्त नहुने भन्दै आन्दोलन चर्काएका थिए । त्यसक्रममा प्रहरीको गोली लागेर एक जना प्रदर्शनकारीको मृत्यु समेत भयो ।
प्रहरीबाट सार्वजनिक गरिएका विष्ट मानसिक सन्तुलन गुमेको व्यक्ति भएको दाबी गर्दै प्रहरी अनुसन्धानमाथि प्रश्न उठाइएको थियो ।
प्रतिपक्षी दल नेपाली कांग्रेसले यही विषयलाई लिएर संसद नै ततायो । आखिर यो अवस्था कसरी सिर्जना भयो त ? स्थानीयको आशंका झैँ यो प्रकरणमा पर्दा पछाडि ‘हाइप्रोफाइल हत्यारा’ रहेकै कारण समस्या उत्पन्न भएको आशंका पैदा भएको छ ?
कारण २ः
नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनालले २२ भदौमा कञ्चनपुर पुगेर भनेका थिए, ‘नालायक नेतृत्वले समस्या भयो ।’
पन्तको बलात्कारपछि हत्या भएको घटनामाथि प्रहरी अनुसन्धानलाई लिएर सिंगो संगठनमाथि प्रश्न उठेका बेला पीडित परिवारलाई भेटेपछि खनालले दिएको अभिव्यक्ति थियो त्यो ।
निलम्बित एसपी डिल्लीराज विष्ट यदि प्रहरी उपरीक्षक डिल्लीराज विष्ट नालायक थिए भने किन उनलाई त्यहाँको प्रहरी प्रमुख बनाएर पठाइयो ? के ७५ हजार फौजीको संगठनभित्र लायक एसपीहरु थिएनन् ? यसको जवाफलाई खोज्नेबेला आएको छ ।
राजनीतिक पहुँचकै आधारमा उनी प्रहरी नायब उपरीक्षक ९डीएसपी० हुनेवित्तिकै बैतडीको प्रहरी प्रमुख हुन सफल भएको विष्टका सहकर्मीहरुको दाबी छ । जसको परिणाम अहिले निर्मला पन्त बलात्कार प्रकरणमा देखियो ।
कारण ३ः
अनुसन्धानका क्रममा तत्कालीन प्रहरी नेतृत्व पीडितलाई विश्वासमा लिन प्रारम्भदेखि नै चुुकेको देखिन्छ । जुन दिन पन्त हराइन् र पीडित खोजिदिन आग्रह गर्दैै प्रहरी चौकीसम्म पुगे । त्यहाँ प्रहरी अधिकारीले गरेको व्यवहारबाट उनीहरु झनै पीडित भए ।
कारण ४:
यदि त्यतिबेलै प्रहरीले राम्रो रेस्पोन्स गरिदिएको थियो र खोजीमा जुटेको थियो भने अहिले यो स्थिति आउने नै थिएन सायद । र, सायद निर्मला पन्त पनि जोगिन सक्थिन् । सायद, दोषी उम्कन पाउने थिएनन् ।
तर, प्रहरी त्यहीँदेखि चुकेको देखिन्छ । पीडितको कुरालाई तत्काल सम्वोधन नगर्नु र अनुसन्धानमा भइरहेका प्रगतिबारे पीडितलाई अवगत गराउन चुक्नु पनि यो प्रकरणमा प्रहरीले गरेको कमजोरी हो ।
अनुसन्धान विज्ञहरुका अनुसार बलात्कार जस्तो घटनामा पीडित परिवारलाई अनुसन्धान भइरहेको आभास दिलाउन र त्यसमा प्रगति समेत हासिल भइरहेको परिवार अवगत गराउन जरुरी हुन्छ ।
कारण ५ः  
प्रहरीले प्रमाण खोज्नुको साटो नष्ट गर्न हतारो गरेको देखिन्छ ।
तर, यो बलात्कार प्रकरणमा भने अधिकारीको परिणाम देखाउने हतारोले समस्या सिर्जना गरेको देखिन्छ ।
र, प्रमाणसहित अभियुक्त समात्नु पर्नेमा प्रहरी मान्छे समातेर प्रमाण खोज्नतर्फ उत्प्रेरित भएको देखिन्छ । जसको पुष्टि दिलिपसिंह विष्ट छुट्नुले देखाइसकेको छ ।
परिणाम देखाउने लोभमा डीएनएको नमूना पनि भेरिफाई नगरी दिलिपलाई सार्वजनिक गर्दा प्रहरी चुकेको देखिएको छ । जसले संगठनको इतिहासमै नमेटिने एउटा दाग लगाइदिएको छ
कारण ६: 
प्रहरीले ४ भदौमा पत्रकार सम्मेलन गरेर निर्मला पन्त बलात्कार प्रकरणको मुख्य अभियुक्त दिलिपसंह विष्टलाई सार्वजनिक र्गयो ।
घटना भएको २६ दिनपछि सार्वजनिक गर्दा ‘मानसिक सन्तुलन गुमाएका’ व्यक्तिले निर्मलाको बलात्कारपछि हत्या गरेको दाबी गरिएको थियो ।
प्रहरीको विज्ञप्तिमै मानसिक सन्तुलन गुमाएका व्यक्ति भन्ने शब्द उल्लेख नगरिए पनि उनका यस्ता गतिविधिहरुबारे उल्लेख गरिएको थियो, जसले उनलाई पागल करार गथ्र्यो ।
दिलिपसिंह बिष्टले गाँजा र मादक पदार्थ सेवन गर्ने गरेको, परिवारकै महिला सदस्यलाई पटकपटक यौन दुव्र्यवहारको प्रयास गरेको, बाटोमा महिलालाई देख्दा अश्लील हर्कत गर्ने गरेको, जिल्ला कारागारमा आएर माग्ने गरेको र घरमा बाहिरै सुत्ने गरेको प्रहरीको विज्ञप्तिमा उल्लेख गरिएको थियो ।
फेरि प्रहरी आफैंले पागल करार गर्दै विज्ञप्ति सार्वजनिक गरेपछि उनकै बयानका आधारमा विष्टलाई मुख्य अभियुक्त बनाएको दाबी गर्नुलाई स्थानीयले स्वीकार्न सकेनन् । फलतः आन्दोलन चर्कियो । र, एकजनाको ज्यान पनि गयो ।
कारण ७ः
उपेन्द्रकान्त अर्याल आईजीपीले प्रकरणमा न त विज्ञहरुको सुझाव लिइयो न त आईजीपीले विवाद आएपछि प्रारम्भदेखि नै दैनिक रिपोर्टिङ मागेर प्रहरी अधिकारीलाई सचेत गराउने काम नै गरे । यो ठूलो कमजारी देखिएको छ ।
मुख्य अभियुक्तलाई सार्वजनिक गर्नेबेलामा पनि माथिल्लो निकायबाट प्रमाणबारे गम्भीरताका साथ सोधीखोजी गरेको नदेखिएको ती अधिकारी बताउँछन् ।
तत्कालीन प्रहरी प्रमुख विष्टले छिटो परिणाम देखाउन खोज्दा पनि दुर्घटना निम्तिएको प्रहरी अधिकारी स्वयम् बताउँछन्
पन्तको पोष्टमार्टम रिपोर्टले उनको भोकल कर्ड भाँच्चिएको देखाएको थियो । त्यसलाई समेत बल पुग्ने बयान विष्टले दिएका थिए ।
‘टोली पुग्नुअघि नै स्थानीय प्रहरी वा अन्य कसैले उसलाई त्यो सिकाएको भए त वेग्लै कुरा, नत्र उनी आफैंले स्वीकार गर्दैगर्दा हामीले होइन भनेर किटान गर्ने आधार थिएन’, ती अधिकारी थप्छन्, ‘भलै उनलाई सार्वजनिक गर्न हतारचाहिँ गरिएकै हो ।’
तत्कालीन प्रहरी प्रमुख विष्टले छिटो परिणाम देखाउन खोज्दा पनि दुर्घटना निम्तिएको अर्का एक अधिकारी बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस्