नबिल बैंक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित
काठमाडौं, १ मंसिर । नबिल बैंक लिमिटेड यो वर्ष पनि सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित भएको छ।
नेपालमा मूल्य अभिवृद्धि कर लागू भएको दिन १ मंसिर स्मरण गर्दै २०६९ सालदेखि सरकारले राष्ट्रिय कर दिवस मनाउँदै आएको छ।
यसै दिन सरकारले क्षेत्रगत रूपमा धेरै कर बुझाउने करदाताहरूलाई सम्मान पनि गर्दै आएकोमा नबिल बैंक लिमिटेड बैंक तथा वित्तीय संस्थातर्फ अहिलेसम्म आठ पटक यो सम्मान पाएको छ।
यो वर्ष पनि आर्थिक वर्ष २०७९र८० मा सबैभन्दा बढी कर तिर्ने बैंकको रूपमा नबिल बैंक लिमिटेडलाई प्रमाणपत्रसहित सम्मान गरिएको हो।
शनिबार आन्तरिक राजस्व विभागमा भएको विशेष कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नबिल बैंकलाई पुरस्कृत गरेका हुन्।
नबिल बैंकको तर्फबाट वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले सम्मान लिएका छन्।
नेपाल सरकारले हरेक वर्ष वित्तीय संस्थाहरूसहित विभिन्न विधाबाट सबैभन्दा बढी कर तिर्ने संस्था तथा व्यक्तिहरूलाई सम्मानित गर्दै आएको छ।
यसअघि आर्थिक वर्ष २०६७र६८, २०७०र७१, २०७१र७२, २०७३र७४, २०७५र७६, २०७६र७७ र २०७७र७८ को विवरणको आधारमा पनि नबिलले सबैभन्दा बढी कर तिर्ने बैंकको सम्मान पाएको थियो। यसबाट वित्यि क्षेत्रलाई पनि प्रोहोत्सहान गरेको छ ।
विशेषगरी कर्पोरेट ट्याक्स सबैभन्दा बढी बुझाएको कारण नबिल बैंकले यो सम्मान पाएको हो।
प्रतिक्रिया दिनुहोस्