राष्ट्रिय अनुसन्धान विभागको सांगठनिक संरचना परिमार्जन गर्ने तयारी

काठमाडौं, ३० भदौ । नेपाल सरकारले राष्ट्रिय अनुसन्धान विभागको सांगठनिक संरचना तथा कार्य सम्पादन कार्यलाई परिमार्जन गर्ने तयारी गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल विशेष सेवा गठन  सम्बन्धि बिधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति दिएको छ ।
 नेपाल सरकारले गृह मन्त्रालय मातहत काम गरिरहेको विभागलाई प्रधानमन्त्रीले हेर्नेगरी सारिए संगै संगठन पुनसंरचना कसरि गर्ने भन्ने बहस चल्दै आएको थियो । प्रधानमन्त्री कार्यालयले बनाउने बिधेयक संसदको चालु अधिवेशनमा पेश गर्नेगरी काम हुने बुझिएको छ ।
यस्तै बैठकले कर्णाली प्रदेश र गण्डकी प्रदेशका मुख्यमन्त्रीको विदेश भ्रमण स्वीकृत गरेको छ भने सरकारले नेपाल वायु सेवा निगमको सञ्चालक समितिको सदस्यमा मदन खरेललाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया दिनुहोस्