गृहमन्त्री थापाको भनाइ – कानुनअनुसार नै पत्रकार बस्नेतलाई पक्राउ गरिएको हो

काठमाडौं, २९ भदौ। गृहमन्त्री रामबहादुर थापा बादलले कानुनअनुसार नै पत्रकार राजु बस्नेत पक्राउ परेका बताएका छन् । यसले प्रेस स्वतन्त्रता हनन नभएको उनले बताए ।
राष्ट्रियसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री बादलले उजुरी परेपछि बस्नेतलाई पक्राउ गरिएको बताए । उनले भने, ‘सम्बन्धित निकायले कानुन बमोजिम नै कदम चालेको छ । यसले प्रेस स्वतन्त्रता हनन भयो भन्ने लाग्दैन ।’
पत्रकार बस्नेतलाई नेकपा नेताहरुबारे लेखिएको समाचारलाई लिएर पक्राउ गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्