पार्टी एकीकरणको जिम्‍मा दुई अध्‍यक्षलाई, तल्लो तहको प्रक्रिया लम्बियो

 काठमाडौं, भदौ २९ । नेपाल कम्युनिष्ट पार्टीको एकिकरण प्रक्रिया अझै लम्बिने भएको छ।
नेपाल कम्युनिष्ट पार्टीको सचिवालयको दुई दिन सम्म बसेको बैठकले ठोस निष्कर्ष निकाल्न नसकेपछि त्यसको जिम्मा दुई अध्यक्षलाई दिएसँगै पार्टीको तल्लो तहको एकिकरण प्रक्रिया लम्बिएको हो।
नेकपाको तल्लो तहको एकीकरण प्रक्रिया नेतृत्व बाँडफाँडको मुद्दामा अल्झिएको बुझिएको छ।
बुधबार र बिहीबार प्रधानमन्त्री निवाश बालुवाटारमा बसेको बैठकले एकीकरणको नयाँ मापदण्ड बनाएर सचिवालय बैठकमा पेश गर्ने गरी दुई अध्यक्षलाई जिम्मा दिइएको नेकपाका नेता नारायणकाजी श्रेष्ठले संचारकर्मीहरुलाई जानकारी दिए।
बिहिबार अपरान्ह सम्म ६ वटा प्रदेशले आआफ्नो प्रतिवेदन सचिवालयलाई बुझाइ सकेको छ। प्रदेश २ ले भने प्रतिवेदन बुझाएको छैन।
नेतृत्व कसले लिने भन्ने विवाद बढे पछि विद्यार्थी, युवा,महिला र मजदुर संगठनले एकीकरणको प्रतिवेदन बुझाउन सकेका छैनन्। दुई अध्यक्षको बैठक शुक्रबार बिहान बालुवाटारमा बस्ने बुझिएको छ।
प्रतिक्रिया दिनुहोस्