साल्ट ट्रेडिङ्ग कर्पोरेशन ५६औं बर्षमा, पेट्रोलपम्प पनि सञ्चालन गर्ने खुलासा

जागरण न्युज
काठमाडौं, २७ भाद्र । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले दशैं, तिहार र छठ पर्वलाई मध्यनजर गर्दै विभिन्न स्थानमा सुपथ मूल्य पसल तथा स्टल सञ्चालन गर्ने भएको छ । त्यस्तै निकट भविष्यमा पेट्रोलपम्प पनि सञ्चालन गर्ने खुलासा गरेको छ ।
आफ्नो ५६ औं बार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कर्पाेरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले कर्पाेरेशनले आम जनतालाई गुणस्तरीय सामान सुपथ मूल्यमा बिक्री गर्दै आएको बताइन् ।
त्यस्तै निकट भविष्यमा पेट्रोलपम्प पनि सञ्चालन गर्ने बताउँदै गर्दै मोवाइल भ्यानबाट विभिन्न स्थानमा खाद्य बस्तु पनि बिक्री गर्ने योजना बनाएको खुलासा गरिन् । त्यसको लागि सरकारसंग अनुमती लिईसकेको र आन्तरिक तयारी भईरहेको उनले खुलासा गरिन् ।
उनले लिमिटेडले आफ्ना सेवा सातै प्रदेशमा विस्तार गरेको जनाउदै कृषि उत्पादन तथा विकासमा सहयोग पुर्याउन अनुदानको मल र कृषि औजार बिक्री गरेको, गहुँको बिउ प्रशोधन गरेर किसान समक्ष पर्याएको बताउँदै प्रशोधित तोरीको तेल उद्योग स्थापनाको तयारी भइरहेको बताईन् ।
त्यस्तै लिमिटेडले ५ सय जनालाई स्वदेश र आठ जनलाई थाइल्याण्डमा तालिम दिएर दक्ष जनशक्ति तयार गरिरहेको भन्दै कर्पोरेशनबाट वितरण हुने ग्यास र आयोडिनयुक्त नुनको बिक्रीले स्वास्थ्य क्षेत्रमा पनि ठूलो योगदान पुगेको बताईन् ।

त्यस्तै सञ्चालक समितिका अध्यक्ष लक्ष्मीदास मानन्धरले साल्ट ट्रेडिङ्ग निजी साझेदारीको नमुना भएको बताउँदै सरकारको नीति निर्देशनलाई पालना गरि बजारमा दैनिक उपभोग्य बस्तु कमी हुन नदिन चुनौतिका साथ काम गरेको बताए ।
ट्रेडिङ्गका विभागीय प्रमुख बज्रेश कुमार झाले शुरुमा नुन र चिनिको कारोबारलाई मध्यजनर गर्र्दै स्थानपान भएको लिमिटेडले आज अन्य कारोबार र सेवा विस्तार गर्दै आएको बताए । उनले गहुँको उत्पादन संगै मैदा उत्पादन, वनस्पति घ्यु , कागज, मलको बिक्री वितरण लगायत अन्य खाद्य वस्तुको व्यापार तथा उत्पादन गर्न सफल भएको छ । कर्पाेरेशनले वितरण गर्दै आएको ओयोडिनयुक्त नुन कारण जनस्वस्थ्यमा पनि ठूलो परिवर्तनका साथै उपलब्ध हांसिल गरेको बताए ।
कर्पाेरेशनले सरकारद्वारा अनुदानित र गैर अनुदानित मल पनि वितरणगर्दै आउनुका साथै भुकप प्रतिरोध घर निर्माण, तोरी खेती गरि तेल उत्पादन गरि सकेको र निकट भविष्यमा पेट्रोलपम्प पनि सञ्चालन गर्ने तयारीमा लागेको छ ।
वार्षिकोत्सव कार्यक्रममा असहाय बालवालिकाको हितमा कामगर्ने मानव समाज आश्रम चितवनलाई वर्ष पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै कर्मचारीका छोराछोरी मध्य एसइइ परिक्षामा सर्वाेकृष्ट हुनेलाई लोकनाथ छात्रवृत्ति प्रदान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्