चिकित्सक संघद्वारा पूर्वघोषित आन्दोलन स्थगित

काठमाडौं, भदौ २६ ।  नेपाल चिकित्सक संघले पूर्वघोषित आन्दोलन स्थगित गरेको छ । संघले आज विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघको मागअनुसार मुलुकी संहिता संशोधन प्रक्रिया अघि बढाएकाले आजबाट गर्ने भनिएका आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेको जनाएको हो ।
यद्यपी संघले देशभरका सम्पूर्ण स्वास्थ्यकर्मी तथा चिकित्सकलाई सो ऐन संशोधन नहुन्जेलसम्मका लागि दवावमूलक कार्यक्रम भने यथावत राख्न भनेको छ ।
मन्त्रालय र संघबीच यही भदौ १८ गते मुलुकी संहिता संशोधन गर्ने सहमति भएको थियो ।
नेपल चिकित्सक संघका महासचिव डा। लोचन कार्कीले हस्ताक्षर गरिएको विज्ञप्तिमा प्रतिबद्धताअनुरुप यथाशीघ्र ऐन संशोधन नभए नेपाल चिकित्सक संघले थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्