सेतो पछ्यौरा ओढेर मतदान गर्न पुगिन् विना्

काठमाडौं । कञ्चनपुर क्षेत्र नम्बर क्षेत्र नम्बर १ की प्रतिनिधिसभा सदस्य उम्मेदवार विना मगरले मतदान गरेकी छन्। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारीसमेत रहेकी माओवादी नेतृ विनाले पुनर्वास नगरपालिका वडा नम्बर ३ रामबस्तीस्थित गोरखा आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गरेकी हुन्। पति प्रकाश दाहालको हालै निधन भएकाले विना सेतो पछ्यौरा ओढेर मतदान केन्द्र पुगेकी थिइन्। नेपाली हिन्दू परम्परामा पतिको निधनपछि एकल महिलाले रातो पहिरन लगाउँदैनन्। विना वाम गठबन्धनकी साझा उम्मेदवार हुन्। विनासंग कांग्रेसका दिवानसिंह विष्ट प्रतिस्पर्धामा छन्।

प्रतिक्रिया दिनुहोस्