रक्षामन्त्री भिमसेनदास प्रधानले गरे मतदान, भन्छन्– भारी मतले जित्छु

काठमाडौं । रक्षामन्त्री तथा नेपाली काँग्रेस काठमाडौं क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा उम्मेदवार भिमसेनदास प्रधानले बिहिबार बिहानै मतदान गरेका छन् ।

उनले बिहान ७ः३० बजे काठमाडौं महानगरपालिका वडा नम्बर २७ अन्तर्गत ज्याठाको छुस्याबहाल मतदान केन्द्रमा मतदान गरेका हुन् ।

मतदान गरेपछि उनी निकै उत्साही देखिएका छन् ।

मतदानपछि प्रतिक्रिया दिँदै उनले भनेका छन्, ‘मैले पाँच हजार भन्दा बढी मतले जित्छु ।’

यसअघिको निर्वाचनमा पनि उनी विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्