व्यापारका लागि भारतको विकल्प चीन

काठमाडौं, भदौ २४ । नेपाल–चीन सामुद्रिक र सुक्खा बन्दरगाह प्रयोगको सम्झौताले तेस्रो मुलुकसँग व्यापारका लागि वैकल्पिक मार्गप्रशस्त भएको छ ।
नेपाल–चीनबीच हालै सम्पन्न पारवहन सन्धिको कार्य्विधि (प्रोटोकल) ले अब नेपालले व्यापारका लागि भारतको विकल्प खुला मात्र गरेको छैन, भारतसँग रहेको एकाधिकारको अन्त्य भएको छ ।हालसम्म नेपालको वैदेशिक व्यापार भारतमा निर्भर छ ।
दूरीका हिसाबले पनि नजिक रहेकाले नेपालको वैदेशिक व्यापारको प्रमुख हिस्सा अझै पनि भारतबाट नै हुने विश्लेषकहरुको ठम्याइ छ । यद्यपि चीनसँगको सम्झौताले एकातिर भारतको विकल्प खुलेको र अर्का्तिर चीनको सिमानाबाट निकासी–पैठारी व्यापार पनि गर्न पाइने भएकाले यो सम्झौता नेपालको हितमा देखिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार ट्वीट गर्दै नेपाल र चीनबीच भएको पारवहन प्रोटोकल सम्झौताले नेपाललाई तेस्रो मुलुकसँग जोडिन आवश्यक नाका खुला गरेको उल्लेख गरेका छन् ।
सम्झौताबाट अब नेपालले चाहिने जति सडकसमेत प्रयोग गर्न पाउने उनले ट्वीटमा उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘नेपाल र चीनबीच पारवहन प्रोटोकल सम्झौता भएको छ । अब नेपालले तेस्रो मुलुकसँग जोडिन चाहिने जति नाका, चाहिनेजति सडक प्रयोग गर्न पाउनेछ । हाम्रा लागि यो असाधारण खुसीको कुरा हो ।’
यो सम्झौताले तेस्रो मुलुकसँगको व्यापार प्रवद्र्धनका निम्ति ठूलो सहयोग हुने परराष्ट्रविद् भेषबहादुर थापाले बताए । उनले भने, ‘चीनसँग भएको नयाँ सम्झौताले नेपालको व्यापारघाटा कम गर्न सघाउँछ ।’
उद्योग मन्त्रालयका सहसचिव रविशंकर सैंजु र चीनका यातायात विभागका महानिर्देशक वाङ सिपिङबीच भएको सम्झौता र कार्य्विधिअनुसार अब नेपालले चिनियाँ बन्दरगाह प्रयोग गर्न पाउनेछ ।
नेपालले चीनका चारवटा सामुद्रिक र तीनवटा सुक्खा बन्दरगाहको प्रयोग गर्न पाउनेछ । राजधानी दैनिकमा खबर छापिएको छ ।
प्रतिक्रिया दिनुहोस्