काठमाडौं, २२ भाद्र । शुक्रबार कुञ्ज नाटकघरको हल खचाखच भरिएको थियो । टिकट काटेर पनि मानिसहरु उभिएर कार्यक्रममा सहभागि भैरहेका थिए । कार्यक्रम थियो छन्द तरङ्ग ।
छन्दमा आफ्नो कविता प्रस्तुत गरिरहेका थिए श्रष्टा डा. रामप्रसाद ज्ञवाली, डा. देवी नेपाल र प्रभा भट्टराई ।
छन्द कविताको मानकीकरणका लागि, साहित्यको कविता विधाको छन्द सिर्जनाको स्तरोन्नती, संरक्षणका साथै नयाँ प्रतिभाहरुलाई प्रोत्साहन गर्ने उद्धेश्यले सुरु भएको छन्द तरङ्गको पहिलो सृखला कुञ्ज नाटक घरमा गरिएको छ ।
लेखन कुञ्ज (घोस्ट राइटिङ नेपाल) को आयोजनामा कुञ्ज थिएटरमा भएको उक्त कार्यक्रमको पहिलो सृखलामा श्रष्टा डा. रामप्रसाद ज्ञवाली, डा. देवी नेपाल र प्रभा भट्टराई आफ्ना छन्दा कविता प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा २०७४ को मदन पुरस्कार प्राप्त कवि तथा समालोचकप्राध्यापक घनश्याम कंडेल भाषाविद तथा नेपालका ६० वटा भन्दा बढि भाषाहरुको वर्ण निर्धारण गर्ने व्यक्तित्व कवि तथा समालोचक प्राध्यापक डा. माधव पोख्रेललाई गुरु सम्मान गरिएको थियो ।
छन्द तरङ्ग कार्यक्रमका कार्यक्रम संयोजक द्धय डा. रामप्रसाद ज्ञवाली र डा. देवी नेपालको छन्द जागरण अभियानको दुई दशकको सहयात्रालाई मुर्त रुप प्रदान गर्दै हरेक महिना तिन जना प्रतिनिधि कविहरुका प्रतिनिधि कविताहरु प्रस्तुत गर्ने गरि छन्द तरङ्ग मासिक शृङखलाको थालनि गरिएको हो ।
छन्द कविताका अभियन्ता तथा कार्यक्रम संयोजक डा. देवी नेपालले छन्द कविताको जागरणमुखी परम्परालाई प्रस्तुत गर्दै छन्द कविताको मानकीकरणका लागि हरेक महिना स्तरीय कविताहरु सम्प्रेषण गर्दै जाने, वार्षीक कृति प्रकाशन गर्ने र छन्द साधना पुरस्कार समेत प्रदान गर्नेकाम अगाडि बढि बढिसकेको बताउनुभयो । अर्का संयोजक डा. रामप्रसाद ज्ञवालीले आफुहरुले सुरु गरको अभियानले औपचारिक उचाई प्राप्त गरेको र नयाँ पुस्ता समेत छन्द जागरण अभियानमा सर्मपीत भएको देख्दा यो अभियान झन फलदायी हुने विचार व्यक्त गर्नुभयो ।
लेखन कुञ्ज (घोस्ट राइटिङ नेपाल) का अध्यक्ष कमल ढकालले यस्तो ऐतिहासिक अभियानको भागिदार संस्था बन्न पाएकोमा खुःसी व्यक्त गर्दै अभियानका लागि संस्थाबाट गर्नुपर्ने सबै कुरामा कुनै पनि कमि आउन नदिने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
हरेक सृखलामा फरक फरक श्रष्टा लाई उभ्याईने छन्द तरङ्ग कार्यक्रममा आगामि सृखलाको लागि
श्रष्टा रमेश खकुरेल, सिता भट्टराई, बलराम दाहाललाई माला हस्तानतरण समेत गरिएको छ ।
प्रत्येक महिनाको तेस्रो शुक्रबार ३ः३० बजे देखि ५ बजे सम्म छन्द तरङ्ग नयाँ बानेश्वर, थापागाउँ मा रहेको लेखन कुञ्जको कुञ्ज थिएटरमा गुञ्जने छ ।
प्रतिक्रिया दिनुहोस्