प्रधानसेनापति क्षेत्रीलाई बग्गीमा साँझ सभामण्डप, सेवा निवृत्तिका केहि झलक (तस्विर सहित)

काठमाडौँ, २२ भाद्र । नेपाली सेनाले सेवा निवृत्तिको क्रममा रहेका प्रधानसेनापति राजेन्द्र क्षत्रीको सम्मानमा इज्जत अर्पण कवाज प्रस्तुत गरेको छ ।
सैनिक मञ्च टुँडिखेलामा आज साँझ आयोजित समारोहमा प्रधानसेपति क्षत्रीले उक्त इज्जत अर्पण कवाजको निरीक्षण समेत गर्नुभयो । उहाँको सम्मानमा आयोजना गरिएको कवाज प्रदर्शनीमा शार्दुलजङ्ग गुल्म, राजदल गण, गोरखबहादुर गण, जगदल गण, गोरखकाली गण, क्याभलरी र सैनिक ब्याण्ड सैनिक टोली सहभागी थिए ।
सो अवसरमा राष्ट्रिय गीतका धुनका साथै नेपालको विभिन्न भेगको रहन सहन र वेषभूषा झल्कने गीत र नृत्य प्रस्तुत गरियो । प्रधानसेनापति क्षत्री शनिबारदेखि सेवा निवृत्त हुनुहुनेछ । प्रधानसेनापति क्षत्री र उहाँकी धर्मपत्नीलाई सैनिक मञ्च टुँडिखेलबाट सैनिक मुख्यालयभित्र रहेको सभामण्डपसम्म बग्गीमा लगिएको थियो ।
सेवा निवृत्त हुन लागेका प्रधानसेनापतिको औपचारिक बिदाइ सैनिक मञ्च टुँडिखेलबाट हुने चलन नेपाली सेनाले यो वर्षबाट शुरु गरेको हो । यसअघि सैनिक मुख्यायलभित्र बिदाइ कार्यक्रम गर्ने चलन थियो ।
सैनिक मञ्चको कार्यक्रममा कामु प्रधानसेनापति पूर्णचन्द्र थापा, पूर्व सेनापति, सुरक्षा निकायका उच्च पदस्थ अधिकृत सहभागी हुनुहुन्थ्यो । प्रधानसेनापति क्षेत्र सेपाली सेनाको चलनानुसार साउन २४ देखि विदामा बस्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्