प्रधानमन्त्री ओली र भारतका पूर्वप्रधानमन्त्री एचडी देवेगौडाबिच भेट, सम्बन्धलाई नयाँ उचाइमा
काठमाडौँ, २२ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका पूर्वप्रधानमन्त्री एचडी देवेगौडाबिच भेटघाट भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको सो भेटमा प्रधानमन्त्री ओलीले नेपाल र भारतका प्रधानमन्त्रीले एकअर्का मुलुकमा गरेको भ्रमणले द्विपक्षीय हित र सम्बन्धलाई अझ गाढा बनाएको बताउनुभएको थियो । प्रधानमन्त्री ओलीले दुई देशका प्रधानमन्त्रीको भ्रमणबाट जलमार्ग, रेलमार्ग र र कृषिका क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल भएको बताउनुभयो ।
सो अवसरमा देवेगौडाले प्रधानमन्त्री ओलीको भारत भ्रमणको स्मरण गर्दै यसले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पु¥याएको बताउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भारतीय पूर्वप्रधानमन्त्री देवेगौडाले नेपालले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिम्स्टेक० सम्मेलन सफलतापूर्वक सम्पन्न गरेकामा प्रधानमन्त्री ओलीलाई बधाइ तथा धन्यवाद दिनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्