हेर्नुहोस् पुतलिसडकको मुल सडकको अवस्था (भिडियो सहित)

काठमाडौं, २१ भाद्र । यो हो काठमाडौंको मुटु पुतलीसडकको मुल सडकको बस्तु स्थिति । यस सडकको अवस्था कस्तो छ भन्ने कुरा त तस्विर आफैं बोल्छ, हामीले धेरै व्याख्या गरिरहनु पर्दैन ।
जुन सडकमा देशको कार्यकारी प्रधानमन्त्री दिनहौ सिंहदरबार– बालुवाटार जाने–आउने गर्दछ ।
स्थानीयका अनुसार यो बाटोमा विगत ३ महिनादेखि यहि अवस्था छ । यस मुल सडकमा सानो/ठूलो वर्षा हुनसाथ ढल फुटेर ढलको पानी बाहिर आउने गरेको छ । जसले गर्दा सडक दुर्गन्धित हुनुका साथै सवारी आगमन घण्टौं जाम हुने गरेको छ । सडकमा हिड्ने र सडक क्रश गर्ने पैदल यात्रु आवात जावत गर्न झनै कठिन भएको छ ।
काठमाडौंको मुटु र देशको कार्यकारी प्रधानमन्त्री दिनहुँ आवत–जावत गर्ने मुलसडकको अवस्था त यस्तो छ भने अन्य स्थानको अवस्था के हो ला ? सहजै अनुमान गर्न सकिन्छ, कन्तविजोक छ भनेर ।
यस वस्तुस्थितिले जनतालाई स्मार्ट सिटी, “समृद्ध नेपाल, सुखी नेपाली” भन्ने नाराको पनि उदाङ्गो भएको छ । यस प्रति समयमै राज्यको ध्यान जानु जरुरी छ । यसमा हाम्रो पनि निगरानी रहिरहने छ ।

 

 

प्रतिक्रिया दिनुहोस्