प्रश्नपत्र आउट गर्ने भट्टराईले दिए राजीनामा

काठमाडौं, भदौ २१ । त्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र संकायको स्नातक तह पहिलो सेमेस्टरको प्रश्नपत्र आउट गर्ने प्राध्यापक होमनाथ भट्टराईले विभागीय प्रमुखबाट राजीनामा दिएका छन् ।
एमएड साइकोलोजी र शिक्षाको आधार विषयको प्रश्नपत्र आउट गरेका भट्टराईले आफूले गल्ती गरेको स्वीकार गर्दै बुधबार राजीनामा दिएका हुन् ।
प्रथम सेमिस्टरको शिक्षा शास्त्र सङ्काय अन्र्तगत शैक्षिक मनोविज्ञानको प्रश्नपत्र परीक्षा हुन अगावै बहिरोएपछि त्रिविले विद्यार्थीहरूको भविष्यमाथि ठूलो खेलबाड गरेको भन्दै विद्यार्थीहरूले प्रदर्शन गरेका थिए ।
त्यस्तै यही १७ भएको फाउन्डेसन अफ एजुकेसनको पश्नपत्र एक प्राध्यापकद्वारा लिखित किताबमा हुबहु भेटिएको थियो ।
फाउन्डेसनको पश्नपत्र एक प्राध्यापकद्वारा लिखित किताबमा हुबहु भेटिएपछि र मनोविज्ञानको पश्नपत्र परीक्षा अगावै बाहिरिएपछि विद्यार्थीहरूले यस्ता गैरजिम्मेवारी काम गर्ने कर्मचारीहरूलाई छानबिन गरी कडा कारबाही गर्नुपर्ने माग राख्दै डीन कार्यालयमा ज्ञापन पत्र समेत बुझाएका थिए ।
प्रतिक्रिया दिनुहोस्