यस कारण दिए गरिबी निवारण कोषका उपाध्यक्ष थापाले राजीनामा

काठमाडौं, भदौ २१ । गरिबी निवारण कोषका उपाध्यक्ष यामबहादुर थापाले राजीनामा दिएका छन् ।
राजीनामा पत्रमा घरायसी कारणले कोषमा काम गर्न नसक्ने उल्लेख गरिएपनि विवादमा तानिएपछि राजीनामा दिएका हुन् ।
कोषको करिब ३१ अर्ब रुपैयाँको हिसाबकिताबको अभिलेख रहेको सफ्टवेयर नष्ट भएपछि उनी विवादमा तानिएका थिए ।
थापाले कोष अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसमक्ष राजीनामा दिएका हुन् ।
प्रतिक्रिया दिनुहोस्