कांग्रेस केन्द्रीय समिति बैठक सर्यो

काठमाडौं, २०, भाद्र । बिहीबारका लागि बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक एक हप्ता पर सरेको छ ।
पार्टीको विधान संशोधनका लागि गठन गरिएको मस्यौदा समितिलाई सुझाव दिन आयोजना गर्न लागिएको बैठक २८ गते दिउँसो १ सम्मका लागि सरेको मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए ।
पार्टीको विधानलाई संविधानअनुसार परिमार्जन गर्न महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरिएको छ ।
मस्यौदा समितिले पार्टीका विभिन्न निकायसँग छलफल गरिरहेको छ । नेताहरुको व्यवस्तताका कारण बैठक सारिएको कांग्रेसले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्