निर्वाचनमा पर्याप्त सुरक्षा व्यवस्था मिलाइएको गृह मन्त्रालयको दाबी

काठमाडौं ।गृह मन्त्रालयले निर्वाचनका लागि शान्ति–सुरक्षाको पूर्णप्रत्याभूति गरिएको भन्दै निर्धक्क भएर मतदानमा सहभागी बन्न आग्रह गरेको छ ।
बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी गृहसचिव मोहनकृष्ण सापकोटाले मतदान केन्द्रमात्रै नभइ मतदानमा जाने नागरिकहरुको सुरक्षाको पनि प्रबन्ध गरिएको दाबी गरेका छन ।
निर्वाचनविरोधी तत्वहरुलाई नियन्त्रणमा लिइएको भन्दै उहाले निर्वाचनका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी २ लाख सुरक्षाकर्मी परिचालन गरिएको बताए ।
त्यस्तै, मतदानका दिन भोली हवाई गस्ती, स्थलगत गस्ती, सादा पोसाकमा गस्ती लगायतका सुरक्षा गस्तीको पनि व्यवस्था गरिएकाले सुरक्षाको चिन्ता नगर्नसमेत सचिव सापकोटाले आग्रह गरे े।
कुनै घटना भइहाले घटना भएको १० देखि ३० मिनेटभित्र थप प्रहरी घटनास्थलमा पुग्ने गरी व्यवस्था मिलाइएको पनि उनले जानकारि दिए ।

प्रतिक्रिया दिनुहोस्