त्रिविका प्राध्यापकले यसरी गरेछन् प्रश्नपत्र आउट: उनी भन्छन्–गल्ती भयो, जिम्मा लिन्छु

काठमाडौं, भाद्र २० । त्रिभुवन विश्वविद्यालय एमएड फस्र्ट सेमेस्टका विद्यार्थी मंगलबार बिहान ११ बजे हुने भनिएको साइकोलोजी विषयको परीक्षाका लागि अन्तिम तयारी गरेर परीक्षा केन्द्रतर्फ जाँदै थिए ।
तर, देशभरका ३८ परीक्षा केन्द्रमा परीक्षार्थी पुग्दानपुग्दै प्रश्नपत्र सामाजिक सञ्जालमा छरपस्ट भइसकेको थियो । त्रिभुवन विश्वविद्यालयले तत्कालै छानबिन ग¥यो । परीक्षाका लागि तय भएको प्रश्नपत्र नै सामाजिक सञ्जालमा पुगेको पुष्टि भएपछि परीक्षा स्थगित भयो ।
त्रिवि, शिक्षाशास्त्र संकाय, साइकोलोजी विषय समितिका अध्यक्ष प्रा‍ होमनाथ भट्टराईले प्रश्नपत्र तयार पारेका हुन् । आफूबाटै प्रश्नपत्र आउट भएको उनले स्विकारेका छन् । ‘प्रश्नपत्र मेरो पेनड्राइभमा थियो, त्यसमा बिएड, एमएडका कोर्सका फाइल पनि थिए, कोर्स दिँदा प्रश्नपत्र गएजस्तो लाग्छ,’ उनले भने। यो खबर आजको नयाँ पत्रिका दैनिकमा  छ।
तर, आइतबार भएको फाउन्डेसन अफ एजुकेसनको परीक्षामा पनि प्रा.भट्टराईकै गम्भीर दोष देखिएको छ । फाउन्डेसन अफ एजुकेसनको परीक्षामा पनि त्यही प्रश्नपत्र आयो, जुन प्राध्यापक होमनाथ भट्टराईले आफ्नो किताबमा नमुना प्रश्नपत्र भनेर छापेका थिए।
आइतबारको परीक्षा रद्द गर्ने विषयमा परीक्षा समितिमा छलफल भए पनि कुनै निर्णय भएको छैन । विषयगत समितिकै अध्यक्षले लेखेको किताबमा नमुना प्रश्नपत्र राख्ने र त्यही प्रश्नपत्र हुबहु परीक्षामा वितरण गर्ने प्रवृत्तिले त्रिभुवन विश्वविद्यालयको साखमा चुनौती दिएको छ।
विश्वविद्यालयको नियमअनुसार अनियमित गर्ने प्राध्यापकलाई दुई वर्षसम्म उत्तरपुस्तिका परीक्षण तथा संपरीक्षणलगायतका परीक्षाका सबै काम गर्नबाट वञ्चित गर्ने सक्ने व्यवस्था छ । विभागको जिम्मेवारी पाएका व्यक्तिलाई पदबाट मुक्तसम्म गर्ने सक्ने व्यवस्था छ।
प्राध्यापक भट्टराई भन्छन्–गल्ती भयो, जिम्मा लिन्छु
प्रा.होमनाथ भट्टराई
प्रश्न बाहिरिएको थाहा पाएँ । मेरो पेनड्राइभबाट बाहिरिएको हो जस्तो लाग्छ । बाहिरिएको थाहा पाएपछि परीक्षामा गएर जानकारी भयो । मेरो पेनड्राइभमा धेरै फाइल थिए ।
त्यसमा बिएड, एमएडलगायत सबैका कोर्स त्यही पेनड्राइभमा थिए । कोर्स दिँदा प्रश्नपत्र पनि गएछ । म जिम्मेवार भएकाले मैले जिम्मेवारी लिनुप(यो । १७ गतेको परीक्षाको प्रश्नपत्र पनि यस्तै भएको होला । त्यो पनि ‘ब्लन्डर’ भयो । त्यो पनि पुनः परीक्षा गर्नुप(यो । मैले सबै सूचना परीक्षालाई दिएको छु।
शिक्षाशास्त्र संकायका डिन प्रा.डा.कृष्णप्रसाद गौतमले दोषी पत्ता लगाइसकेको र कानुनअनुसार कारबाही गर्ने बताए । उनले प्रश्नपत्र बनाउने, मोडरेसन गर्ने एउटै व्यक्ति भएको र उनैबाट बाहिरिएको पत्ता लागेको बताए । परीक्षा समितिको बैठक बसी दोषीलाई कारबाही हुने उनी बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्