नेपाल–चीन तेस्रो परामर्श बैठक आजदेखि सुरु हुँदै, एजेण्डाहरु यस्ता छन्

काठमाडौं, भाद्र २० ।  नेपाल–चीन पारवहन यातायात सम्झौताको ‘प्राटोकल’ लाई अन्तिम रूप दिन दुवै देशका अधिकारीको तेस्रो बैठक बुधबारदेखि काठमाडौँमा बस्दैछ ।
दुई दिनसम्म चल्ने बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशङ्कर सैँजुले गर्नेछन् भने नौ सदस्यीय चिनियाँ पक्षको नेतृत्व त्यहाँको यातायात मन्त्रालयअन्तर्गतको यातायात विभाग महानिर्देशक वाङ शिपिङले गर्दैछन् ।
बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अतिरिक्त परराष्ट्र, अर्थ, भौतिक पूर्वाधार तथा यातायात, कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालका साथै व्यापार प्रवर्द्धन केन्द्र र नेपाल इन्टरमोडेल ट्रान्सपोर्टेशन बोर्डका उच्च अधिकारी सहभागी हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्