प्युठान र सिरहामा भेटिएको बम सेनाद्वारा निष्कृय

काठमाडौं । प्युठान र सिरहामा बुधबार बिहान फेला परेका बम नेपाली सेनाले निष्कृय पारेको छ ।

प्युठान नगरपालिका ६ जुम्रीमा माओवादी केन्द्रका प्रदेश सभातर्फ समानुपातिक उम्मेदवार राधा अधिकारीको घर अगाडि फेला परेको टाइम बम सेनाले निष्कृय पारेको हो ।

निर्वाचन विरोधिहरूले मतदातालाई तर्साउने उद्देश्यले बम राखेको हुनसक्ने प्रहरीको अनुमान छ ।

यसैगरी सिरहाको लहान नगरपालिका ९ मा बुधबार बिहान फेला परेको सकेट बम पनि नेपाली सेनाले निष्कृय पारेको छ ।

लहान नगरपालिका ९ गोठटोलस्थित विन्देश्वर साहको घर नजिकै फेला परेको बम नेपाली सेनाको टोलीले निष्कृय पारेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए

प्रतिक्रिया दिनुहोस्