अनुगमनका लागि मानव अधिकार आयोगको टोली कञ्चनपुरमा

काठमाडौं। प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको अनुगमनका लागी राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारि टोलीले कञ्चनपुरमा अनुगमन गरेको छ ।

राष्ट्रिय मानव अधिकार आयोगका आयुक्त सुदीप पाठक, आयोगका क्षेत्रीय निर्देशक दीपकजंग ध्वज कार्की, आयोगका अनुसन्धन प्रमुख राजेन्द्र न्यौपाने र जिल्ला पर्यवेक्षक उमा जोशीलगायतको टोलीले निर्वाचनलाई स्वच्छ,निष्पक्ष र भयरहित बनाउन अनुगमन गरेको हो ।

निर्वाचन पूर्व जिल्लाको सुरक्षा अवस्था, हालको सुरक्षा व्यवस्था र निर्वाचन आचारसंहिता परिपालना भए नभएको विषयमा आयोगको टोलीले प्रजिअ कुमार खड्कासँग जानकारी लिएको छ ।
महेन्द्रनगरलगायत पूर्व–पश्चिम राजमार्गका बजार क्षेत्रमा सार्वजनिकस्थलमा जथाभावी पर्चा, पम्पप्लेट टाँसिएको र विभिन्न पार्टीका प्रचार सामग्री प्रत्यक्ष मतदातालाई प्रभावित पार्ने गरी झुण्ड्याइएको पाइएकाले तुरुन्त हटाई आचारसंहिताको पालना गर्न टोलीले निर्देशन समेत दिएको छ ।

सबै मतदानस्थलमा कर्मचारी खटाइसकेको सुरक्षा व्यवस्था कडा पारिसकेको, निर्वाचन सामग्रीलगायत समग्र तयारी पूरा भइसकेको प्रजिअले आयोगको टोलीलाई जानकारी दिए। मौन अवधिमा भर भ्रामक कुरा नगर्न पुर्ण रुपमा निर्वानआचारसंहिता पालना गर्न राजनीतिक दलहरुलाई राष्ट्रिय मानव अधिकार आयोगका आयुक्त सुदीप पाठकले आग्रह गरे ।

 

प्रतिक्रिया दिनुहोस्