बिहिबार हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा
काठमाडौं। दोस्रो चरणको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । दोस्रो चरणअन्तर्गत ४५ जिल्लामा बिहिबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि आयोगले सबै तयारी पूरा गरेको प्रमुख निर्वाचन आयुक्त डा । अयोधिप्रसाद यादवले जानकारी दिए ।
निर्वाचनकालागी मतदान केन्द्रमा कर्मचारीहरू पुगिसकेको तथा कर्मचारीहरू मतदान स्थलको निर्माण गर्ने भित्री तयारीमा रहेको प्रमुख आयुक्त यादवले बताए । १ सय ६५ प्रतिनिधिसभा र ३ सय ३० प्रदेशसभामध्ये ४५ जिल्लाका १ सय २८ प्रतिनिधिसभा र २ सय ५६ प्रदेशसभाका लागि दोस्रो चरणको निर्वाचन हुन लागेको हो ।
प्रतिनिधिसभाको १ सय २८ सिटका लागि १ हजार ६ सय ६३ जना उम्मेदवार रहेका छनभने प्रदेशसभाको २ सय ५६ सिटका लागि २ हजार ८ सय १९ उम्मेदवार चुनावी मैदानमा रहेका छन ।
प्रतिक्रिया दिनुहोस्