पशुपतिमा चार सय शैय्याको धर्मशाला निर्माण, ओली र मोदीले गरे उद्‌घाटन

काठमाडौं- नेपाल-भारत मैत्री पशुपति धर्मशालाको उद्‌घाटन गरिएको छ। शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमनी केपी शर्मा ओलीले संयुक्त रुपमा उद्घघाटन गरेका हुन्।

चार सय शैय्यायुक्त उक्त धर्मशाला भारत सरकार र पशुपति विकास कोषको बीचमा समझदारी ढाँचा अनुरुप २२ करोड रुपैँया अनुदानमा बनाइएको हो।

पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा रहेको उक्त धर्मशाला १० हजार ६ सय ६५ वर्गमिटर क्षेत्रमा फैलिएको छ।

तीन तले रहेको धर्मशाला तीर्थयात्रीहरुका लागि आधुनिक सेवा सुविधाहरु प्रबन्ध गरिएको छ।

यसका साथै भवनको कुल क्षेत्रफल ६ हजार एक सय मिटर छ जहाँ एक शैय्या, दुइ शैय्या र चार शैय्या, दश शैय्या तथा बाह्र शैय्याका कक्ष, भान्छा कोठा, भोजन गर्ने हल, पुस्तकालय, बहुउद्देश्‍यीय हल, ‘वाटर ट्रिटमेन्ट प्लान्ट’, सोलार हिटर र जेनेरेटरको व्‍यवस्था रहेको छ।

सन् २०१६ सेप्टेम्बरमा सुरु भएको उकत योजना शुक्रबार भारत सरकारद्वारा पशुपति विकास कोषलाई हस्तान्तरण गरिएको हो।

प्रतिक्रिया दिनुहोस्