१५ विधेयक अलपत्र, सभामुख महरा भने चीन जाँदै

काठमाडौं । मौलिक हक कार्यान्वयनका लागि असोज २ भित्रै झण्डै डेढ दर्जन विधेयक पारित गरिसक्नुपर्नेमा सभामुख कृष्णबहादुर महरा प्रतिनिधिसभा बैठकै रोकेर विदेश जाने तयारीमा छन् ।

‘तिब्बत पर्यटन तथा सांस्कृतिक एक्स्पो’मा सहभागी हुन उनी १० सदस्यीय टोली लिएर आगामी २२ गते चीनको ल्हासा जान लागेका हुन् । टोली २७ गते फर्किने कार्यक्रम छ ।

सभामुखको निजी सचिवालयले महरा चीन जान लागेको पुष्टि गरेको छ ।

असोज २ सम्म मौलिक हकसम्बन्धी १५ वटा विधेयक संसदले पारित गरी प्रमाणीकरण भइसक्नुपर्छ । जबकि बल्ल एउटा विधेयकमा दफावार छलफल सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्