भुटानका प्रधानन्यायाधीश छिरिङ आइपुगे काठमाडौं, रक्षामन्त्री पोखरेलद्वारा स्वागत

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास -बिमस्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन विदेशी पाहुनाहरु नेपाल आउने क्रम जारी छ ।

मंगलबार बिहान भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार ल्योन्पो छिरिङ वाङचुक काठमाडौं आएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरे । परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले पनि उनलाई स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्