बिमस्टेक सम्मेलन: केही विद्यालय आजैदेखि बन्द
काठमाडौँ । बिमस्टेक सम्मेलनका लागि काडमाडौं उपत्यकाका धेरैजसो निजी विद्यालय आज बन्द भएका छन् । गाडी भएका ७० प्रतिशत विद्यालय बन्द भएका हुन् ।
गाडीबाट विद्यार्थी ओसार्नु पर्ने धेरैजसो विद्यालय आजैदेखि बन्द भएका निजी तथा आवासीय अर्गनाइजेसन नेपाल प्याब्सनले जनाएको छ । आज बिजोर नम्बरका गाडी मात्र चलाउन पाइने भएपछि विद्यालयनै बन्द गर्नु परेको हो ।
बमस्टेक सम्मेलनका लागि भोलि र पर्सि भने काठमाडौ उपत्यकाका सबै शिक्षण संस्था बन्द गर्ने सरकारले निर्णय गरिसकेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले काठमाडौँमा हुन लागेको विमेष्टेक सम्मेलनका लागि भोलि र पर्सि उपत्यकाको सबै शिक्षण संस्था बन्द गर्न संघीय मामिला तथा सामान्य प्रशासनमार्फत निर्देशन दिएको हो ।
सम्मेलनमा सहभागी हुन आउने विदेशी अतिथि तथा प्रतिनिधिको आवगमनलाई सुरक्षित, ब्यवस्थित र सहज बनाउनका लागि दुई दिन शिक्षण संस्था बन्द गर्न निर्देशन दिइएको शिक्षा मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्