भदौ १४ र १५ गते उपत्यकाका विद्यालय बन्द हुने

काठमाडौं।  भदौ १४ र १५ गते उपत्यकाका सम्पूर्ण शिक्षण संस्था बन्द हुने भएका छन् ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले विमेस्टेक सम्मेलनमा सहभागि हुन नेपाल आउने विदेशी पाहुना तथा प्रतिनिधिहरुको आगमनलाई सुरक्षित व्यवस्थित र सहज बनाउन  सो दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका शाखा अधिकृत केशवराज पार्धेले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा बिदा दिने निर्णय गरिएको जानकारी दिए ।

उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा सो बिदा लागू हुने छ ।

प्रतिक्रिया दिनुहोस्