बलात्कारपछि हत्या गरिएकी माया विकका परिवारलाई प्रदेश सरकारले ५ लाख राहत दिने
काठमाडौं । सामूहिक बलात्कारपछि हत्या गरिएकी कैलालीकी माया विकको परिवारलाई प्रदेश सरकारले ५ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।
बलात्कारपछि हत्या गरेकी कञ्चनपुरकी निर्मला पन्तको परिवारलाई ५ लाख राहत दिने निर्णय गरेको ७ नम्बर प्रदेश सरकारले कैलालीको गौरीगंगा नगरपालिका–११ की माया विकको परिवारलाई पनि सोमवार राहत दिने निर्णय गरेको आन्तरिक ममिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले जानकारी दिए ।
गत असार १२ गते नजिकैको सामुदायिक वनमा सामुहिक बलात्कारपछि माया विकलाई विभत्स ढंगले हत्या गरिएको थियो । गौरीगंगा नगरपालिकाको सामाजिक परिचालिका पदमा कार्यरत माया विकको हत्यामा संलग्न ५ जनालाई जिल्ला अदालत कैलाली पुर्पक्षको लागि कारागार चलान गरेको छ ।















प्रतिक्रिया दिनुहोस्