निर्मला पन्त हत्या प्रकरणः बम दिदी–बहिनीलाई ६ दिनमा थुनामा राख्न अदालतको अनुमति

काठमाडौं। महेन्द्रनगरकी बालिका निर्मला पन्त हत्याको अनुसन्धानमा पक्राउ परेका रोशनी बम र बबिता बमलाई प्रहरीले अदालतले ६ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमती दिएको छ। जिल्ला अदालत कञ्चनपुरले ६ दिनको म्याद दिएको कञ्चनपुरका एसपी कुबेर कठायतले बताए।

उनीहरुकै घरमा जाँदा पन्तको हत्या भएको थियो। तर, उनीहरुमाथि प्रहरीले राम्रोसँग अनुसन्धान नगरेको भन्दै मृतकका आफन्त प्रहरीसँग रुष्ट भई आन्दोलन गरेका थिए। रोशनी निर्मलाकी साथी हुन्।

जिल्लामा नयाँ प्रहरी नेतृत्व गएपछि उनीहरु शनिबार पक्राउ परेका थिए।

सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको उच्चस्तरीय छानबिन समितिले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ।

गत साउन १० गते पन्तको बलात्कारपछि हत्या भएको थियो। प्रहरीले स्थानीय दिलीपसिंह बिष्टले हत्या गरेको भन्दै सार्वजनिक गरेको थियो। तर, प्रमाण जुटाउन नसक्दा उनी नक्कली अभियुक्त भएको आरोप पीडित पक्ष र अन्यले लगाएका छन्।

प्रतिक्रिया दिनुहोस्