मापदण्ड विपरीत चलेका मेडिकल कलेज खारेज गर्न नेकपा नेता भट्टराईको माग
काठमाडौं । सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का नेता योगेश भट्टराईले मापदण्ड विपरित सञ्चालित सबै मेडिकल कलेज खारेज गर्न सरकारसँग पुनः माग गरेका छन् ।
नेता भट्टराईले सरकारी तथा निजी क्षेत्रमा सञ्चालित सबै मेडिकल कलेजहरुको छानविन गरी मापदण्ड विपरित रहेका सबै कलेज तत्काल खारेज गर्न सरकारसँग माग गरेका हुन् ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमा बोल्दै उनले निजी क्षेत्रबाट सञ्चालित शिक्षा र स्वास्थ्य संस्थाहरु बन्द गर्ने तयारीमा सरकार रहेको पनि स्पष्ट पारे ।
नेता भट्टराईले सबै नागरिकको शिक्षा र स्वास्थ्यको दायित्व लिन सरकार प्रतिबद्ध रहेको दावी पनि गरे । वर्षौ समानताको हकका लागि लडेको आफ्नो पार्टी नेतृत्वको सरकारले शिक्षालाई निःशुल्क र अनिवार्य बनाउनेमा शंका गर्न नहुने नेता भट्टराईको तर्क छ ।
नेता भट्टराईले मौलिक हकको रुपमा रहेको शिक्षाको उचित व्यवस्था गर्न अव ढिलाई नहुने विश्वास पनि व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्