लेनिन विष्टलाई एयरपोर्टमा रोकेकोबारे प्रधानमन्त्रीले गृहसँग मागे २४ घण्टे स्पष्टिकरण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमाओवादी बालसेना लेनिन विष्टलाई एयरपोर्टमा रोकेकोबारे गृह मन्त्रालयसँग स्पष्टिकरण माग गर्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले २४ घण्टाभित्र घटनाबारे लिखित जवाफ पेश गर्न गृह मन्त्रालयलाई निर्देशन दिनुभएको हो । आज प्रधानमन्त्री ओलीले विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँग कुरा गर्दै हिँडडुल गर्न पाउने वैयक्तिक स्वतन्त्रता हनन् भएकोप्रति आफूले ध्यान पुर्‍याउनेसमेत बताउनु भएको छ ।

शुक्रबार थाइल्याण्डको बैंककस्थित कार्यक्रममा सहभागी हुन हिँडेका विष्टलाई गृह मन्त्रालयको आदेशमा अध्यागमन विभागले रोकेको थियो । शुक्रबार ९:५० को आरए ४०१ फ्लाइटमा बैंकक जान लागेका विष्टलाई ‘जुन कार्यक्रममा जान लागेको हो, त्यस विषयसँग सम्बद्ध नेपाल सरकारको कुनै पनि निकायको सिफारिस तथा स्वीकृति’ नभएको भन्दै रोकेको थियो ।

प्रतिक्रिया दिनुहोस्