नेपालले बुधबार घरेलु टोली युएईसँग पहिलो खेल खेल्दै ।
काठमाडौं। आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले बुधबार घरेलु टोली युएईसँग पहिलो खेल खेल्दैछ । च्याम्पियनसिपमा यसअघि नै ‘रेलिगेट’ हुँदै डिभिजन–२ मा घटुवा भइसकेका यी दुई टोलीबीचको भिडन्त प्रतिष्ठाका लागिमात्र हुनेछ ।पारस खड्काको कप्तानीमा युएई गएको नेपाली टोलीले अमेरिका र केन्यासँग अभ्यास खेल खेलेको थियो ।पारस खड्का, ज्ञानेन्द्र मल्ललगायतका प्रमुख खेलाडीलाई विश्राम दिएको नेपालले अमेरिकासँगको पहिलो अभ्यास खेलमा पराजय भोग्दा दोस्रो खेलमा केन्यालाई सहजै पराजित गरेको थियो ।च्याम्पियनसिपमा नेपालले आगामी शुुक्रबार युएईसँगको दोस्रो खेल खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्