फेरी अर्काे घटना, लामाचौरकी १३वर्षीया पुष्पा केसीको शव फेला, वलत्कार पछि हत्या भएको आशंका

काठमाडौं, ९ भाद्र । विद्यालयबाट घर फर्कदै गर्दा बेपत्ता भएकी पोखरा लामाचौरकी एक वालिकाको शव भेटिएको छ । पोखरा महानगरपालिका वडा नम्बर १९ लामाचौरकी १३ वर्षीया पुष्पा केसीको शव लामाचौर फापरतरोस्थित शैलजा स्मृति पार्कको डिलमुनी झाडीमा भेटिएको विद्यालयबाट घर फर्कदै गर्दा बेपत्ता भएकी पोखरा लामाचौरकी एक वालिकाको शव भेटिएको छ ।

स्थानीयले पुष्पाको बलात्कार पछि हत्या भएको आशंका गरेका छन् । उनीहरुका अनुसार मृतकले लगाएको स्कर्ट शव भएको स्थान भन्दा ३/४ हात पर भेटिएको छ । त्यस्तै योनाङ्गबाट रक्तश्राव भएको र त्यो रोक्न प्याड प्रयोग गरिएको पाइएको छ । घटना स्थलको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको हुनसक्ने स्थानीयबासीको दाबी छ । यद्यपि प्रहरीले भने अहिले केहि भन्न नसकिने जनाएको छ ।

कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक ९डीएसपी० रविन्द्रमान गुरुङले पुष्पाको शरिरमा बाहिरी चोट पटक नदेखिएको बताए । उनले भने, ‘अहिले नै हत्या वा लडेर मृत्यु के भएको हो यसै भन्न सकिन्न । हामी अनुसन्धान गरिरहेका छौं । पोष्टमार्टम रिपोर्ट आएपछि थप जनाकारी खुल्नसक्छ ।’

पुष्पा बिन्ध्यबासिनी मावि कक्षा ६ मा अध्ययनरत थिइन् । बिहीबार कक्षा १ मा अध्ययनरत बहिनीसँगै स्कुल बस चढेर लामाचौरस्थित घरतर्फ गइरहेकी थिइन् । घरमा पुग्न करीब एक सय मिटर तल आएपछि ‘बहिनीलाई घर अगाडि बसबाट झार्दिनू, म टमाटर किनेर ल्याउँछु’ भन्दै बसबाट ओर्लेकी थिइन् ।

तर, उनी घर फर्किएनन् । परिवारले साथीसँग गइहोली भनेर वास्ता गरेनन् । तर, शुक्रबार पनि उनी स्कुल नआएपछि सोधिखोजी शुरु गरेको थियो । खोज्दै जाँदा झाडीमा शव भेटिएको थियो । टमाटर किन्न भनेर गएकी पुष्पा भीरतिर जानुपर्ने कारण नदेखिएकाले पनि घट्नाप्रति आशंका उब्जाएको छ ।

पुष्पाको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । आफन्तले पोष्टमार्टम आनाकानी गरेको छ ।

घर भन्दा अगाडि नै बसले किन र्झन दिएको हो ? भन्दै घटनाको जिम्मा विद्यालयले लिनुपर्ने शर्त राखेका थिए तर, दिउँसो अनुसन्धानमा सघाउन परिवार तयार भएपछि पोष्टमार्टम प्रक्रिया शुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्