कन्चनपुरमा सर्वदलीय बैठक सम्पन्न,खुनालाई सहिद घोषणा गर्न माग

काठमाडौं ९ भदौ । निर्मला पन्त हत्या प्रकरणले उग्र रुप लिएपछि यसलाई समाधनाका निम्ति कन्चनपुरमा सर्वदलीय बैठक बसेको छ । बैठकले प्रदशर्नकोे क्रममा मृत्यु भएका सन्नी खुनालाई सहिद घोषणा गर्न सरकारलाई आग्रह गरेको छ ।

१३ वषीर्या बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरेको विरोधमा भएको आन्दोलनका क्रममा प्रहरीले गोली चलाउँदा शुक्रबार खुनाको निधन भएको थियो ।

शनिबार बसेको सर्वदलीय बैठकले मृतकलाई सहिद घोषणा गर्न र पीडित परिजवारलाई उचित राहत उपलब्धि गराउन स्थानीय, प्रदेश र केन्ऽ सरकारलाई आग्रह गरेको छ ।

साथै आन्दोलनका क्रममा घाइते भएकाहरुको निःशुल्क उपचार गर्न र शारीरिक रुपमा अशक्त भएमा जीवन निर्वाहका लागि सचित व्यवस्था गर्न माग गरेको छ ।

आन्दोलनका क्रममा भएको तोडफोड तथा प्रहरीले गोली चलाएको विषयमा निश्पक्ष छानविनका लागि समिति गठन गर्न गृहमन्त्रालयलाई अनुरोध गरेको छ । बैठकले विरोधका कार्यक्रम स्थगित गर्न र शान्ति सुव्यवस्था कायम गर्न राजनीतिक दल, नागरिक समाज लगायत सबैलाई आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्