निर्मला हत्या प्रकरण: एसपीका छोरा र नगर प्रमुखका भतिजा नियन्त्रणमा, मृतक बालकको अन्त्येष्टि

काठमाडौं । निर्मला पन्तको बलात्कार र हत्याको आशंकामा कञ्चनपुर प्रहरीले एसपी डिल्लिराज बिष्टका छोरा र भीमदत्त नपाका नगर प्रमुख सुरेन्द्र बिष्टका भतिजालाई नियन्त्रणमा लिइएको छ । साथै निर्मलाका साथी बबिता र उनकी बहिनी आँचल भनिने रोशनी बम दिदीबहिनिहरु समेत प्रहरीको नियन्त्रणमा छन् ।

मृतक बालक शनि खुनाको अन्तिम दाहसंस्कार गरिएको छ । भिमदत्त नपाका नगर प्रमुख सुरेन्द्र बिष्टले मृतक खुनाका परिवारलाई नपाबाट ३ लाख दिने, अन्य जनप्रतिनिधि र कर्मचारी बाट थप सहयोग गरिने, प्रदेश सरकार र संघीय सरकार संग थप क्षतिपूर्ति र सहिद घोषणाको माग गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्