नयाँ ऐन लागू भएसँगै सम्बन्धविच्छेदका लागि ‘पत्नीपीडित’ धमाधम अदालतमा

काठमाडौं । पर्वतको कुश्मा नगरपालिका–१ पाङका गणेश अर्यालले श्रीमतीको यातनाका कारण पीडित भएको भन्दै अदालतमा सम्बन्धविच्छेदको मुद्दा दर्ता गरे ।

भारतीय सेनामा जागिरे रहेका अर्याल श्रीमतीले खान बस्नसमेत नदिने गरेको र यातनाका कारण मानसिक सन्तुलन समेत गुमाउन परेको आरोपसहित सम्बन्धविच्छेदको मुद्दा लिएर अदालत पुगेका हुन् ।

अर्यालमात्र होइन, मोदी गाउँपालिका–४ का लालबहादुर पुनले पनि श्रीमतीले खान लाउन नदिएको भनेर अदालतमा सम्बन्धविच्छेदको मुद्दा दर्ता गराए । नयाँ मुलुकी ऐन लागू भएपछि सम्बन्धविच्छेद गर्न पुरुषहरुले पनि सोझै अदालत जान सक्ने सुविधाको उपभोग गर्दै पर्वतमा भदौ ६ गतेभित्र पाँच जना पुरुषले सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गरेका छन् ।

पर्वत जिल्ला अदालतमा भदौ १ गतेदेखि ७ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएकामा दुईवटा श्रीमतीका तर्फबाट आएका छन् भने पाँचवटा श्रीमानका तर्फबाट भएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्