डोटीमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै

काठमाडौं ।  डोटी जिल्लामा वर्षेनि गर्भपतन गराउने महिलाहरुको संख्या बढिरहेको छ ।

सुरक्षित गर्भपतन गराउनेमा अविवाहित किशोरीहरुको संख्या बढी भएको जिल्ला अस्पताल डोटीको तत्थ्यांकमा उल्लेख गरिएको छ । जिल्ला अस्पताल डोटीका मेडिकल सुपरी टेन्डेन्ट डाक्टर भुषण मिश्रले दिनु भएको जानकारी अनुसार आर्थिक वर्ष ०७४÷७५ मा डोटीमा एक हजार ८९ जना महिलाहरुले गर्भपतन गराएका छन् ।

उहाँका अनुसार जिल्ला अस्पताललगायत सुरक्षित गर्भपतन गराउन सूचीकृत जिल्ला भरिका १८ स्वास्थ्य संस्थामा महिलाहरुले गर्भपतनको सेवा लिएका हुन् । जिल्ला अस्पतालमा मात्रै गएको आर्थिक वर्षमा ३ सय ८३ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् ।

नेपाल सरकारले गर्भवती महिलाको मञ्जुरीमा १२ हप्तासम्मको गर्भपतन गराउन पाउने कानुनी व्यवस्था गरेपछि गर्भपतन गराउने महिलाहरुको संख्या ह्वातै बढेको हो ।

प्रतिक्रिया दिनुहोस्