बम विस्फोटनमा निधन भएका म्यादी प्रहरी को परिवारलाई रकम हस्तान्तरण

काठमाडौं । तुल्सीपुरमा गएको मंगलबार बम विस्फोटमा परी निधन भएका म्यादी प्रहरी विनोद चौधरीको परिवारलाई तुलसीपुर उप–महानगरपालिकाले सहयोग रकम हस्तान्तरण गरेको छ ।
नगर प्रमुख घनश्याम पाण्डेले चुनाव सुरक्षाका क्रममा खटिएका विनोद चौधरीको परिवारलाई घरमै पुगेर २५ हजारको चेक हस्तान्तरण गरेका हुन । पाण्डेले विनोदकी श्रीमती अन्जनालाई चेक हस्तान्तरण गरे । यसअघि नगरपालिकाले विनोदकी छोरीलाई १२ कक्षासम्म पठ्न लाग्ने सबैै खर्च व्यहोर्ने निर्णय गरेको थियो ।
मंसिर १३ गते मंगलवार तुल्सीपुरमा नेपाली कांग्रेसले गरेको चुनावी सभामा सुरक्षार्थ खटिएका बेला भएको बम विस्फोटमा परी घाइते भएका विनोद चौधरीको बाँकेमा उपचारको क्रममा ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्