कांग्रेस महामन्त्री कोईराला भन्छन-‘गुटले पार्टीको अस्तित्व नै संकटमा पर्न सक्छ’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले पार्टीमा गुटबन्दी अन्त्य नभएमा यसको अस्तित्व नै संकटमा पर्न सक्ने चेतावनी दिएका छन ।

नेपाल प्रेस यूनियन बाँकेले बुधबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा महामन्त्री कोइरालाले अब पनि काङ्ग्रेस गुटगत आधारमा संचालन भएमा मुलुक नै धरासायी हुने बताए ।

काङ्ग्रेसको एकता बिना स्थिर राजनीति नहुने भन्दै महामन्त्री कोइरालाले लोकतन्त्र पनि खतरामा पर्ने चेतावनी दिए ।

राजनीतिक नेतृत्व गरेको नेपाली कांग्रेसले मात्रै समृद्ध नेपालको नेतृतव गर्न सक्ने उनको भनाई छ । समृद्ध नेपालको नेतृत्व गर्नका लागि काङ्ग्रेस एकठाउँमा उभिनुपर्ने अवस्था आएको बताए ।

आफू कांग्रेसलाई एकमना एकताका साथ अघि बढाउने उद्देश्य लिएर अभियान लागेको भन्दै उहाँले पार्टीको महामन्त्रीले सभापतिको विरोध गर्दै हिँड्न नसक्नेमा जोड दिए ।

उनले कोइराला परिवारका तीन नेता शेखर, सुजाता र आफू जहिले पनि एकठाउँमा उभिने बताए । उनले मूल्यवृद्धिले आम नागरिकलाई समस्यामा पारेको समयमा अनावश्यक कर थोपर्न उचित नभएको दाबी गरे ।

छिटोभन्दा छिटो महाधिवेशन बैठक बस्ने विषयमा आगामी केन्द्रीय समिति बैठकमा छलफल हुने उनको भनाई छ । कार्यक्रममा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँड लगायतको उपस्थित रहेको थियो ।

उनले सरकारको मुल्यांकन गर्ने समय नभइसके पनि ६ महिनाको स्थिती हेर्दा दिशाहिन देखिएको टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्