कालिकोटको पलाँतामा औलो र कालाजारका बिरामी भेटिए

काठमाडौं । कालिकोटको पलाँता गाउँपालिकामा औलो र कालाजारका बिरामीहरु भेटिएका छन् ।

महामारी फैलिने पलाँतामा पहिलो पटक औलो वा मलरिया तथा कालाजारका बिरामीहरु भेटिएको जिल्ला अस्पताल कालिकोटका डाक्टर नहकुल शाहीले बताए ।

दुई महिना अघिको तथ्यांक अनुसार पलाँतामा ३ जना बालबालिकामा औलो र तीनजना मध्ये दुई जनामा कालाजार समेत भेटिएको सिनियर अहेब कटक महतले बताउनुभयो ।

गाउँपालिकास्तरमा औलोको उपचार नहुने भएपछि स्थानीय, जिल्ला सदरमुकाम मान्म पुग्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्