सप्तरीमा संघीय समाजवादी फोरम नेपालका उम्मेदवारमाथि छुरा प्रहार
काठमाडौं । संघीय समाजवादी फोरम नेपालका उम्मेदवारमाथि सप्तरीमा छुरा प्रहार भएको छ । उम्मेदवार मोहमद सहमुल अलि र नेता विनोद मण्डलमाथि सोमबार राति झण्डै ९ बजे छुरा प्रहार भएको प्रहरीले जनाएको छ ।
मोहमद सहमुल अलि सप्तरी क्षेत्र नम्बर ४ ख मा प्रदेश सभा सदस्य उम्मेदवार हुनुहुन्छ । सप्तरीका प्रहरी प्रमुख मुकेशकुमार सिंहका अनुसार स ५ प १९४२ नम्बरको मोटरसाइकलमा आएको नचिनेका मानिसको समूहले छुरा हानेका हुन् ।
छुरा लागेर गम्भीर घाइते भएका दुवैजनाको राजविराजमा नै उपचार भइरहेको छ । बलाङबिहुल गाउँपालिकाको बिहुल नदी नजिक उहाँहरुमाथि छुरा प्रहार भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्