पाँच भाषामा ट्वीट गरेर प्रधानमन्त्री ओलीले भने – ६ महिनामा विदेश नीतिको जग बस्यो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा सरकार गठन भएको ६ महिनाको अवधिमा देशमा विदेश नीतिका जग बसेको दावी गरेका छन्।

आइतबार ट्वीटरमार्फत उनले देशको प्राथमिकता र पारस्परिक सम्मानमा आधारित विदेश नीतिको जग बसेको दावी गरेका हुन्।

सरकारको नेतृत्व गरेको ६ महिना पुगेको अवसरमा ट्वीट गरेर उनले सुशासन र विकासको आधारशीला तयार भएको पनि उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीले नेपाली, भोजपुरी, मैथली, नेवारी र अंग्रेजी भाषामा ट्वीट गरेका ह्न् ।

प्रधानमन्त्री ओलीले परिणामा देखिनेगरी समृद्ध नेपाल निर्माणको अभिभारा पूरा गर्ने प्रद्धिवद्धता पनि व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्