मुख्यमन्त्री राउतले भने-महिलाको समृद्धिविना मुलुकको समृद्धि सम्भव छैन

काठमाडौं ।  प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले कुनै पनि महिलालाई कुनै पनि बहानामा उपेक्षित गर्न नमिल्ने बताएका छन् ।

दोस्रो नेपाल बालिका सम्मेलन २०७५ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले आधा आकाश ढाकेको महिलालाई कुनै पनि बहानामा उपेक्षित गर्न नमिल्ने बताएका हुन् ।

महिलाको महत्वलाई बुझेर प्रदेश सरकारले क्रमबद्धरुपमा ‘बेटी पढाउ बेटी बचाउ’ लगायतका महिलामैत्री कार्यक्रम ल्याएको बताउँदै उनले महिलाको समृद्धिविना प्रदेश र मुलुकको समृद्धिको कल्पनासमेत गर्न नसकिने बताए ।

कार्यक्रममा बोल्दै उनले प्रदेश सरकार त्यस्ता कुरीति अन्त्य गर्न सशक्त कानून ल्याउन लागेको जानकारी दिए ।

प्रदेश सरकारले ल्याउन लागेको प्रहरी ऐनमा समेत आरक्षणमा महिलाका लागि पचार प्रतिशत सिट सुरक्षित गरेको उल्लेख गर्दै उनले अन्य रोजगारीको अवसरमा समेत महिलालाई आधा सिट सुरक्षित गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्