चिकित्सकहरूको लाइसेन्स बुझाउने आन्दोलन स्थगित

काठमाडौं–नेपाल चिकित्सक संघले भदौ १ गतेदेखि बिरामी नजाँच्ने आन्दोलन १५ दिनका लागि स्थगित गरेको छ । नेपाल चिकित्सक संघले बिहिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी भदौै १  गते (भोलि) देखि विरामी नजाँच्ने आन्दोलन १५ दिनसम्मका लागि स्थगित गरिएको जानकारी गराएको हो ।

सरकारले लागू गर्न लागेको मुलुकी अपराधि संहिताले चिकित्सकहरुलाई कैदसहितको दण्ड सजायको व्यवस्था गरेको विरोधमा संघले विरामी नजाँच्ने लगायतको आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।

सोही कार्यक्रम १५ दिनका लागि स्थगित गरिएको संघका अध्यक्ष डा.मुक्तिराम श्रेष्ठले जानकारी दिए । संघले आफ्नो लाईसेन्स भने संघको कार्यालयमा  बुझाउन देशभर चिकित्सकहरुलाई निर्देशन दिएको छ । सरकारले १५ दिनभित्र पनि आफूहरुको माग अनुसार सो संहिता संशोधन नगरे विरामी नजाच्ने संघका अध्यक्ष श्रेष्ठले चेतावनी दिए । संघले चिकित्सकको लापरबाहीले विरामीको मृत्यु भएमा ५ वर्षसम्म कैद सजाय हुने व्यवस्था संशोधन गरेर लापरबाही भए नभएको पुष्टि गर्न छानविन समिति बनाउने व्यवस्था गर्न माग गरेको छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले संघको मागअनुसार सो संहिता संशोधन गर्ने प्रतिबद्धता जनाएपछि चिकित्सकहरुले पनि भोलीदेखि बिरामी नजाच्ने आफ्नो निर्णय १५ दिन पछि सारेका हुन् ।

प्रतिक्रिया दिनुहोस्