विष्फोटका घट्ना बढ्दै,निर्वाचन सुरक्षा व्यस्था कडा बनाउन मानवअधिकार आयोगको माग

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले निर्वाचन सुरक्षा व्यवस्था कडा बनाउन सरकारसँग माग गरेको छ ।दोस्रो चरणको चुनाव नजिकिदै गर्दा देशका विभिन्न ठाउँमा उम्मेदवारहरुलाई नै लक्षित गरी बम विष्फोट भएको भन्दै आयोगले सुरक्षा व्यवस्था कडा बनाउन माग गरेको हो ।
आयोगले विज्ञप्ति प्रकाशति गरी यस्ता घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै भत्र्सना समेत गरेको छ ।
बम आक्रमणका घटनाहरूमा वृद्धि हुँदै जाँदा समेत वास्तविक दोषी पहिचान हुन नसक्नुले निर्वाचन सुरक्षामा गम्भीर चुनौति खडा भएको भन्दै आयोगले घटनाका दोषी पहिचान गरी कानुनी दायरामा ल्याउन र निर्दोष व्यक्तिलाई कुनैपनि आस्थाका आधारमा जथाभावी धरपकड नगर्न आग्रह गरेको छ ।
आयोगका सचिव वेद भट्टराईले प्रकाशित गरेको विज्ञप्तिमा राज्यका सबै सुरक्षा व्यवस्थालई प्रभावकारी तुल्याई निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित रुपमा सम्पन्न हुने वातावरणको सुनिश्चितता गर्न माग गरिएको छ

 

प्रतिक्रिया दिनुहोस्