अन्तराष्ट्रिय स्वंयम सेवक दिवस्

काठमाडौं, समाजमा या देशमा सबैको एकनाश समुन्नती हुँदैन, विहानै अत्यन्त चहकीलो सूर्य त साँझमा कमजोर हुन्छ भन्ने रहेको छ । कमजोर, बलिया सबैलाई एकैसाथ समेटेर हिंड्नुनै सामाजिक विकासको सूचक हो र यस कार्यमा सूचना पूर्याउन अनि जागरण गर्न स्वयमसेवकको भूमीका रहन्छ ।

स्काउटको लूगा लगाएर भिडभाडमा उभिएका, लाईन मिलाउने अनि सहयोग गर्ने साथीहरु कुनै पैसा या सुविधाको लालसामा खटेका हैनन्, रेडक्रसमा गएर रगत दिने अनि स्कूल स्कूलबाट रकम उठाएर रक्तदान अनि सेवाकालागि हरेकपल उपस्थित हुने जमात नै स्वयमसेवक हुन् । ति तमाम स्वयमसेवकहरुलाई हाम्रो पात्रो शब्द सम्मान प्रकट गर्दछ ।
हरेक वर्षको डिसेम्बर ५ मा संयूक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय स्वंसेवक दिवस मनाउने गर्दछ । सदस्य राष्ट्रहरु लगायत संसारभरिनै यस दिन विभिन्न कार्यक्रम गरेर स्वंसेवक दिवस मनाउने चलन छ । यसपटकको स्वसेवक दिवसको नारा Volunteers Act First. Here. Everywhere, यहाँ र सबैतिर स्वयसमसेवक नै प्रथम कार्य गर्न आइपुग्दछन् भन्ने रहेको छ ।

नेपालको स्वयमसेवाको परिपेक्ष्यमा कुरा गरौँ, स्वंसेवाको कुरा गर्दा हामीमध्य धेरैले रेडक्रस या अन्य सामाजिक सेवामा स्वंसेवक भएर कार्य गरेको प्रथम अनुभव बटुलेको हुनसक्छौं, कुनै स्वार्थबिना या अझ भनौ अनुभवकालागि विशेषतः सामाजिक संस्था या सरकारी अनि निजी संस्थाहरुमा कार्यगर्नु र समाज अनि आफ्नो ब्यक्तिगत गैह्रमौद्रीक मोह नै स्वयमसेवा हो ।
समाज, राष्ट्र अनि विश्वकै विकासमा स्वंसेवकहरुको ठूलो भुमिका छ, सेवाको मुख्य अर्थ नै स्वयमसेवा हो । कार्य अनि दायित्वलाई रकम अनि सुविधासंग तुलना गर्ने चलनले स्वयमसेवाको औचित्यमा कमी हुन थालेको छ । स्वयमसेवा अर्थात् आफैले निस्वार्थ सेवा गर्नु भन्ने बुझाउँदछ ।

यदि कसैले हामीलाई धेरैभन्दा धेरै पैसा दिन्छौ तर कुनै सार्वजनिक स्थानमा पुगेर त्यहाँ रहेको फोहोरहरु सफा गर भन्यो भने त्यो कार्य गर्न कत्तिले इच्छा देखाउलान त? शायद् त्यस्तो कोहि नभेटिएला तर तर सबैजना मिलेर सरसफार्इमा सामेल हुने योजना बुन्यो भने त्यो कार्य सफल हुन्छ । पैसाको मतलब विनानै निःस्वार्थ रुपमा हामी कतिले सामाजिक हातेमालो जस्ता अनेक कार्यमा सहभागीता जनाएका छौं ?

यस बर्ष पनि पूर्वी नेपालमा बाढिपहिरो आँउदा, बिगतका दिनमा भुँइचालोको समयमा, शितलहरको बेलामा होस या अन्य कुनै पनि बिपतको बेलामा अफ्ठेरो समय र परिवेशमा घरदैलोमा आइपुगेका निस्वार्थ स्वयमसेवीहरु बास्तबमै हाम्रा दुख्खसुख्खका साथी हुन् ।

पोलियो विरूद्धको अभियानमा घरघर गएर बालबच्चालाई पोलियोको थोपा खुवाउने निमन्त्रणा दिएका छौं । यस्ता कार्यहरु पैसा हैन आत्मसन्तुष्टिकालागि, नैतिक, सामाजिक जिम्मेवारीकालागि गरिन्छ । स्वयमसेवा मानवताको पर्याय पनि हो । जीवनको मूल्य भनेको ब्याङ्कमा रहेको पैसा, चढ्ने गाडि, विदेश भ्रमणको संख्या अनि लगाएका बहुमूल्य वस्त्राभूषण मात्र हैन्, यी सबै औसत सपना भन्दा पर एउटा निस्वार्थ समाजसेवाको भावना र स्वंसेवकको अस्तित्व रहन्छ । आखिर यो समाजलाई हामीले के दियौं त? हामीबाट अरुले के सिके त रु अनि हामीले गर्दा कतिजनालाई जीवन जिउन सजिलो भयो भन्ने कुरा महत्वपूर्ण रहन्छ ।

नेपालमा अन्य स्वयमसेवी संस्थाको नाम लिनुपर्दा ‘यूथ फर ब्लड’ भन्ने स्वयमसेवी संस्थाको नाम अग्रपंक्तिमा आँउछ जसले ताजा रक्तदातालाई चाहिएको ठाँउमा स्वयमसेवका रुपमा जोडिदिन्छ र रक्ताभावमा हुने धेरै मृत्युलाई कम गरेको छ । नेपाल अधिराज्यभर १३ वटा शहरहरुमा भएको यस संस्थाको शुरुवातचाँही बिराटनगरबाट भएको हो

नेपाली यूवाहरूको सामाजिक सेवा संस्था ‘यूथ फर ब्लड’को हटलाईन नंबर ९८४३५५२८८२ मा फोन गरेर रगतका अभावका अावश्यक्तालार्इ पूर्ति गर्न सकिन्छ र यी सम्पूर्ण कार्यहरु स्वयमसेवीहरुकै संलग्नता र सहभागीतामा हुन्छ । त्यस्तै ‘हेल्दि सिटीजन नेपाल’, जस्ता अन्य धेरै स्वयमसेवी सस्थाहरु नेपालमा छन् जसले विनाकुनै दातृ रकम समाजलाई निस्वार्थ सहयोग गरिरहेका छन् ।
स्वयमसेवाको भावमा रमाएको संसारमा आत्मसन्तुष्टी छ र संधै स्वयमसेवा गर्न नसके पनि समय-समयमा रक्तदान गरेर या कहिं कतै वृद्धाश्रम या अनाथालयमा गएर आफूलाई आउने र सिप भएको कुरामा सहयोग गरौँ । एक दिन संगै खाना या खाजा लगेर बाँडौं, हाँस्न सिकाऔं, आफूपनि हाँसौं ।

सेवा नै धर्म हो अनि स्वयमसेवाबाट आउने आनन्द र सन्तुष्टी अतुलनिय छ ।
सबै स्वंसेवकहरुलाई नमन ।

प्रतिक्रिया दिनुहोस्