इतिहासमा आज
जवाहरलाल नेहरू भारतका प्रथम प्रधानमन्त्री
जवाहरलाल नेहरू भारतका प्रथम प्रधानमन्त्री थिए । कश्मीरी ब्राह्मणहरूको परिवारमा जन्मेका उनी उनी मोतीलाल नेहरूका छोरा थिए । जवाहरलाल चार सन्तानमध्ये जेठा छोरा हुन । एक प्रख्यात वकिल र भारतीय स्वतन्त्रता आन्दोलनका नेता भए । उनले १९४७ देखि १९६४ मा आफ्नो मृत्युसम्म देसको सेवा गरेका थिए ।
नेहरुको १६ बर्ष २८६ दिन प्रधानमन्त्रीको रुपमा कार्यकाल रह्यो जुन भारतमा सम्भवत सबै भन्दा लामो कार्यकाल हो । जवाहरलाल नेहरुको जन्म सन् १४ नोवेम्बर १८८९ अल्लाहवाद, भारतमा भएको थियो । स्वतन्त्रता अघि र पछि भारतीय राजनीतिमा एक प्रमुख व्यक्तित्व, उहाँ महात्मा गान्धीको नजिकका सहयोगी र भारतीय राष्ट्रिय कांग्रेसका प्रमुख नेता थिए । धर्मनिरपेक्षता, समाजवाद र औद्योगिकीकरणको वकालत गर्दै आधुनिक भारतलाई आकार दिन नेहरूले महत्वपूर्ण भूमिका खेलेका थिए ।
उनका नीतिहरू मिश्रित अर्थतन्त्र स्थापना र शिक्षा र वैज्ञानिक प्रगतिलाई बढावा दिनमा केन्द्रित थिए । नेहरू विदेश नीतिमा असंलग्नतालाई जोड दिदै भारतलाई विकासशील विश्वमा एक नेताको रूपमा आफु स्थापित गर्न सफल भए । नेहरुले आफ्नो नेतृत्वमा इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आइआइटिएस) जस्ता संस्थाहरूको स्थापना गरेका थिए । नेहरुले लोकतन्त्र र सामाजिक न्यायमा जोड दिएका थिए ।
नेहरुको ७५ वर्षको उमेरमा सन् २७ मे १९६४ नयाँ दिल्ली भारतमा हृदयघातका कारण मृत्यु भयो ।
प्रतिक्रिया दिनुहोस्