विप्लवका प्रवक्ता प्रकाण्डलाई ४८ घन्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं। विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई ४८ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ।

‘निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो? आदेश जारी हुन नपर्ने भए आधार कारण सहित यो आदेश प्राप्त भएको मितिले बाटाका म्याद बाहेक महान्यायाधिवक्ताको कार्यालय मार्फत ४८ घण्टाभित्र बन्दी सहित लिखित जवाफ पेश गर्न’ अदालतले आदेश दिएको हो।

चन्दा लिएको आरोपमा गत बुधबार सरकारले प्रकाण्ड सहितका नेतालाई पक्राउ गरेको थियो। आइतबार उनलाई गैरकानुनी थुनामा राखिएको दाबी गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता भएको थियो।

प्रकाण्डका पुत्र नरेन्द्रबहादुर सिंह विश्वकर्माले दर्ता गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले आज आदेश दिएको हो।

प्रतिक्रिया दिनुहोस्